तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
प्रमुख समाचार
Feb 21, 2020
सम्झौताविपरीत बजार नहटाउन व्यवसायीको माग
काठमाडौँ,फागुन  ९ गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सानो बजार व्यवासायी समूहले सम्झौता विपरीत व्यवसाय गर्न पाउने अधिकारबाट वञ्चित नगराउन माग गरेको छ । समूहको प्रतिनिधमण्डलले नगर प्रमुख सन्तोष चालिसेलाई भेटी जोरपाटी सुन्दरीजल सडकखण्ड विस्तार र नगरपालिकाद्वारा प्रस्तावित बहुउद्देश्यीय भवन निर्माणका लागि सानो बजार खाली गराउने सम्बन्धमा नगरपालिकाले जारी गरेको सूचना सम्झौता विपरीत भएको भन्दै विरोध जनाएको हो । सम्झौता कार्यान्वयनलगायत विषयमा फागुन ५ गते दिएको ज्ञापनपत्र पनि नगरपालिकाले बेवास्ता गरेको भन्दै समूहले माग सम्बोधनका लागि आज फेरि ध्यानाकर्षण गराएको हो । समूहका अध्यक्ष बद्रीप्रसाद खतिवडाले ज्ञापनपत्रको सुनुवाइ नभएको बताउनुहुँदै बजार सार्नुअघि उचित वैकल्पिक व्यवस्थाबिना नै बजार खाली गराउने सूचना आएको भन्दै आपत्ति जनाउनुभयो । व्यवसायीले सडक विस्तारका क्रममा पर्ने पसल हटाउन शुरु गरिसकेको जानकारी गराउँदै नगर प्रमुख चालिसेलाई बहुउद्देश्यीय भवन निर्माणका लागि भने सबै पसल तत्काल खाली गर्न नसकिने जानकारी गराएको थियो । समूहसँगको भेटमा नगर प्रमुख चालिसेले आजै नगरपालिकाका तर्फबाट अर्को सूचना जारी गरी बजार खाली गर्नको लागि पुनः म्याद थप गर्ने प्रतिबद्धता जनाउनुभयो । फागुन ११ गते व्यवसायीसँग छलफल गरी वैकल्पिक व्यवस्थासहितको बहुउद्देश्यीय भवन निर्माणपछि पुनःस्थापनाको सुनिश्चितताका लागि आफू लिखित प्रतिबद्धता गर्न तयार रहेको आश्वासन दिएको समूहका सचिव विष्णु ढकालले जानकारी दिनुभयो । नगरपालिकाले फागुन २ गते एक हप्ताको समयसीमा तोकेर बजार खाली गर्न सूचना जारी गरेको थियो । फागुन ९ गते अर्थात् आज बेलुकासम्ममा सबै बजार खाली गर्न निर्देशन दिँदै बजार खाली नगरे फागुन १० गते नगरपालिकाले नै बजार खाली गराउने सूचना प्रकाशित गरेको थियो । गत भदौ ११ गते नगरपालिका र समूहबीच २०७७ असार मसान्तसम्म बजार राख्न दिने सम्झौता भएको थियो । बजार खाली गर्नुभन्दा तीन महिना अगावै नगरपालिकाले जानकारी गराउनुपर्ने बुँदा पनि सम्झौतामा उल्लेख छ । बजारमा १६० पसल छन् । बजारमा कपडा, जुत्ता चप्पल, कस्मेटिक, ब्याग, इलोक्ट्रोनिक्स सामानलगायत पसल छन् । बजार चलाएबापत साविकको जोरपाटी गाविस हुँदै हालको गोकर्णेश्वर नगरपालिकालाई मासिक भाडा बुझाउँदै आएको समूहले जनाएको छ । २२ मिटर सडक विस्तारका क्रममा सानो बजारका थुप्रै पसल पर्ने भएपछि नगरपालिकाद्वारा प्रस्तावित भूमिगत पार्किङसहितको अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण हुनेमा भने नगरवासी नै विश्वस्त हुनसकेका छैनन् । जोरपाटी चोकसँगैको सार्वजनिक जग्गामा बजार बनाइ विसं २०५८ मा गाविसले भाडामा लगाएको थियो । बजार बनाउँदा वरिपरिबाट मिचिएको सार्वजनिक जग्गा संरक्षणमा सहयोग पुगेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video