तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
प्रमुख समाचार
Feb 21, 2020
मानवअधिकार उल्लङ्घनका घटना वृद्धि
हेटौँडा, फागुन ९ वाग्मती प्रदेशमा विगतको तुलनामा मानवअधिकारे उल्लङ्घनको घटनामा वृद्धि भएको छ । अनौपचारीक सेवा केन्द्र वाग्मती प्रदेशद्वारा (इन्सेक) जारी विवरण अनुसार सन् २०१९ मा वाग्मती प्रदेशमा एक हजार ४९४ मानवअधिकार उल्लङ्घनको घटना भएको छ । सन् २०१८ मा सो प्रदेशमा ८१९ मानवअधिकारको उल्लङ्घनको घटना भएको थियो । तुलनात्मक रुपमा २०१९ मा मानवअधिकार उल्लङ्घनका घटना अत्यधिक भएको देखिन्छ । सो अवधिमा राज्यपक्षबाट २१७ जना पीडित भए भने अन्य पक्षबाट एक हजार २७७ जना पीडित भए । त्यस्तै २५३ बलात्कारका घटना भएको छ । प्रदेशमा महिला तथा बालबालिकामा बलात्कारका घटना ३८६ वटा भएकामध्ये बालबालिकाको सङ्ख्या ६५ प्रतिशत छ । इन्सेकको जारी तथ्याङ्कमा प्रदेशका १३ मध्ये काठमाडौँ र चितवनमा सबैभन्दा बढी बलात्कारको घटना भएका छन् । काठमाडौँमा गत आर्थिक वर्षमा ९७ जना बालिका र ६४ जना महिला बलात्कार भएको जनाइएको छ । चितवनमा २९ बालिका र १६ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, भक्तपुरमा २१ बालिका र ११ महिला बलात्कार भएको उल्लेख छ । मकवानपुरमा एक वर्षमा १८ बालिका र नौ महिला, सिन्धुपाल्चोकमा १७ बालिका र ६ महिला बलात्कार भएको वाग्मती प्रदेश इन्सेक संयोजक कृष्ण गौतमले भन्नुभयो । त्यस्तै दोलखामा नौ बालिका र तीन महिला, काभ्रेमा नौ बालिका र तीन महिला, नुवाकोटमा १० बालिका र पाँच महिला, सिन्धुलीमा नौ बालिका र पाँच महिला, धादिङमा आठ बालिका र एकजना महिला बलात्कारको शिकार भएको इन्सेकले जनाएको छ । रामेछापमा दुई बालिका र एक महिला, रसुवामा दुई बालिका एक वर्षको अवधिमा बलात्कार भएको हो । संयोजक गौतमका अनुसार चेतना जागृत भएका कारण घटना सार्वजनिक हुँंदै आएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video