उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Feb 22, 2020
भ्रष्टाचारीलाई कारवाही गर्न माग
काठमाडौँ, फागुन १० नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले  हिजो  यहाँ आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताउनुभयो । “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्नु दुःखद् कुरा हो,” उहाँले भन्नुभयो । अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । उहाँले सरकारले पुस्तकमा १० प्रतिशत शुल्क बढाएर विद्यार्थीलाई समस्या पारेको बताउनुभयो । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानूनी कारवाही गर्नुपर्ने बताउनुभयो । नेविसङ्घका महामन्त्री युवराज पाण्डे, बलदेव तिमल्सेनालगायतले भ्रष्टाचार गर्नेलाई कानूनी कारवाही नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video