उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Feb 22, 2020
काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक : नेता कोइराला
राँझा, फागुन  १० नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गुट र उपगुटमा डुबेको काँग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक छ ।” नेता डा कोइरालाले १४औँ महाधिवेशनबाट काँग्रेसलाई गुट उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिदैं महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बिपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानपर्छ भन्ने कुरामा दृढ रहेको भन्नुभयो । “मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । नेता कोइरालाले सरकारका मन्त्री भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानविनको मागसमेत गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, डा चन्द्र भण्डारीलगायतका नेताका साथमा बाँके आउनुभएका नेता डा कोइराला आज पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम रहेको नेपाली काँगे्रस बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video