सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Feb 23, 2020
आज मिति २०७६ फागुन ११ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन ११ ।विक्रम संवत २०७६ साल फाल्गुन ११ गते आइतबार तदनुसार २०२० फरवरि २३ तारिख फाल्गुन कृष्ण पक्ष औशी तिथि राति ८ । ३ सम्म उप्रान्त प्रतिपदा धनिष्ठा नक्षत्र दिउसो १ । ११ उप्रान्त शतभिषा नक्षत्र परिघ योग विहान ७ । २४ उप्रान्त शिव योग चतुष्पद करण आनन्दादि योगमा मातंग योग चन्द्रमा कुम्भ रासिमा उद्वेग बेल विहान ८ । ७ सम्म आज चन्द्रमा पश्चिम रहेकोले काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्य भएमा केहि पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ नमः शिवाय मृत्यन्जय महाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ गप गरेर काम शुरु गर्दा सहज र सरल हुनेछ अहीले समय अशुभ छ देश हीत जनकल्याणको लागी यो मन्त्र जप गर्नुहोला राष्ट्र प्रेमी हरुले ॐ श्रीं ह्रीं क्लीं ग्लों गं कए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य काल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः जति सक्दो जप गर्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिनेआम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। राजनितीमा गुमेकोस्थान प्राफ्त हुने नोकरिमा भनेको ठाउमा स्थानान्तरण हुने खर्चबढेपनि लगानि उचित कार्यमा लाग्ने
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभाग्यले साथ नदिने भएकोले कामहरु सकारात्मक गतिमा अघि नबढने छन र मनोबल पनि घट्ने छ शत्रुले आफु लाइ परास्थ गर्दै आफ्नो गन्तव्यमा पुग्न नदिने योगपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerस्वास्थमा बाधा घरेलु समस्याले सताउने मित्रले धोका दिने काममा अरोध आउने आर्थिक संकटपनि बढने विस्वास गरेका हरुबाट धोका हुनेयोग आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। उपचारमा पनि खर्च हुने समय छ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम गर्ने अवसरका साथै त्यसैको सिलसिलामा यात्राको योग बैबाहिक बन्धनमा बाँधिने सम्भावना खुसिहरु प्राफ्तहुने बैदेशिक कार्यमा सफलता मिल्ने मनमा हर्ष बढने योग 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम गर्दै काममा अघिबढदा शत्रुलाई आफुले परास्तगर्दै अघिढ्न सकिने हुनाले सफलता पाउन गारो छैन आफन्तहरु सहयोगि हुने भएकोले सकृय हुनुहोला  हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबुद्धिले समयमा काम नगर्ने भएकोले मनमा दुभिधा सिर्जनाहुनेछ पढाइमा बवरोध आउने छ सन्तान हरुसङ्ग राम्रो संवन्ध नहुनेयोग अरुको विस्वास जित्न असफल । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
 Scorpioपरिबारिको मायाँ नपाउदा मनोबल घट्ने मित्रको असहयोगले शत्रुलाइ फाइदा हुन सक्ने समस्याहरुको सामना गर्दै अघि वढ्दा कठिन हुने भएकोले महत्व पूर्ण काममा अघि नवढ्नु वेशघरेलु काममा अलमल बढ्न सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। आर्थिक क्रियाकलापमा कमै फाइदा हुनेछ। प्रयत्न गर्दा पछिका लागि काम बन्न सक्छ। साइनो गाँस्नेहरूबाट व्यवहारमा सतर्क रहनुहोला। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusजोसमा होसगरे ऐतिहासिक काममा सफलता मिल्नेछघर तथापरिबार बाटपूर्ण सहयोग पढाइमा लाभ राज्यबाट सम्मान शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबोलदा अरुलाइ पिडा महसुस गर्ने हुँदा विस्वासमा लिन नसकिने गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा धोधा हुने अरुबाट षड्यान्त्र हुने भएकोले पूर्ण सफलता हात नपर्ने अवस्था द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने समय छ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआटेका कामहरु सहज सफलहुने मनमा उत्साह शरिरमा स्फुर्ति बढने भोजमा जानेअवसर ठूलाव्यक्तिबाट सम्मान र अरुको विस्वास आफुमाथि रहने योग  । विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesखर्चको गतितिब्र मनमा उदासिन्ताले जरोगाढने भरोसा गरेकाहरुलेनै धोका झुटाआरोपपनि लाग्नसक्ने विस्वस गरेकाले धोका दिनसक्ने योग । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video