उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Feb 23, 2020
नेकपा सचिवालयः एमसिसीबारे छलफल
काठमाडौँ,  फागुन  १ १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) प्रस्तावका बारेमा छलफल भएको छ  । हिजो  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसिसी अध्ययन कार्यदलका संयोजक तथा वरिष्ठ नेता झलनाथ खनालले अध्ययन प्रतिवेदनको विवरण पेश गर्नुभएको थियो । बैठकमा एमसिसीसम्बन्धी विभिन्न विवरण पेश भएका र त्यसमाथि विस्तृतमा छलफल भएको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एमसिसी सहयोगसम्बन्धी विषयमा फेरि पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ । नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले शुक्रबार मात्रै अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video