समाज
Jun 27, 2017
एनआरएनको चुनावमा राजनीति हुनु पर्छ । किन ? तलका बुधाहरू ध्यान दिएर पढ्नुस ।

हिरा कंडेल , सिड्नी 
१. म संसारकै प्रजातान्त्रिक मुलुकमा छु । र हरेक प्राणी (हामी पनि) बिभिन्न बिचार द्वारा संचालित छौ । सर्वसम्मत एकल समाज र सानो घरमा होला तर समाजमा सम्भव छैन ।

२. यदि तपाई प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ भने बहुमतको कदर गर्न सक्नुस । अल्पमतले वा सानो समुहले वा केही मुण्ठीभरले शासन गर्ने ठाउँहरू पनि छन तर हामी जहाँ कर्म गर्छौ त्यहाँ बहुमतको कदर गरिन्छ र अल्पमतमा परेकाहरूलाई कुनै न कुनै रूपमा समावेश गर्ने कोशिश गरिन्छ ।

३. राज्य, शासन, सरकार, आधुनिक समाज लगायत अन्य सबै शासन पद्धतिका इकाइहरू राजनीतिको उत्पत्ति संगै आएका कुरा हुन । चुनाव भनेकै राजनीतिलाई बैधानिकता दिनु हो । १ लाखको हारहारीमा रहेको नेपाली समुदायवाट सर्वसम्मत नेतृत्व चयनको आस गर्नु भनेको सपना मात्र हो ।

४. हामीले गफ नगरे हुन्छ किनकी हामी कुनै न कुनै रूपमा नेपाल वा अस्ट्रेलियाका राजनैतिक दलका विचार संग नजिक छौ । एनआरएन वा एनआरआई वा एनआरभि जे भएपनि नेतृत्व लिदा प्रकृयामा जानै पर्छ र त्यो भनेको चुनाव हो र यसमा अलग अलग बिचार र उदेश्य बोकेका समुह बा ब्यक्तिका बिचमा प्रतिस्पर्धा हुन्छ र हुनै पर्छ ।

५. राजनैतिक बिचार नभएको उमेदवारलाई त म भोटै हाल्दिन किनकी म राजनैतिक प्राणी हु । प्रकृया सुरुवाटै अन्त्यसम्म प्रजातान्त्रिक र राजनैतिक संस्कारले गरौ । तर एनआरएनए चुनावमा राजनैतिक सस्कारको अभ्यास गरौ । प्रजातन्त्रको सुन्दर पक्षको अभ्यास गरौ ।

६. यो मेरो बिचार हो । कतिलाई चित्त बुझ्ला कतिलाई नबुझ्ला । बुझ्नुस यो राजनीति हो ।

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video