‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
राजनीति
Feb 25, 2020
नेपाली काँग्रेसले धादिङमा चेपाङलाई दियो वडा सभापतिको जिम्मेवारी
काठमाण्डौं । फागुन १३ । नेपाली काँग्रेस धादिङले बेनिघाट रोराङ्ग गाउपालिका वार्ड नं ९ को सभापतिमा राजेन्द्र चेपाङलाई सर्वसम्मत वडा सभापतिमा चयन गरेको छ । 
हालै भएको नेपाली काँग्रेसको भेलाले चेपाङ समुदाय भित्रको बौद्धिक युवाको रुपमा परिचित राजेन्द्रलाई वडा सभापतिको जिम्मेवारी दिएको हो ।  लामो समय देखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहेका चेपाङ त्रिभुबन विश्वविद्यालयबाट समाजशास्त्र बिषयमा विद्याबारीधी गदैछन् । राजेन्द्र २०५४ सालको स्थानिय निर्वाचनमा साविक जोगिमारा गाविस वार्ड नं ८ बाट वार्ड अध्यक्षमा निवाचित भएका नेता स्व. शेर बहादुर चेपाङ्गको छोरा हुन् । 
नेपाली काँग्रेस धादिङको बेनिघाट रोराङ्ग गाउपालिका वार्ड नं ९ को भेलाले उपाध्यक्ष भोजराज श्रेष्ठ सचिब शन्तोष पौडेल लगायतलाई सर्बसम्मत चयन गरेको नेपाली काँग्रेस बेनिघाट रोराङ्ग गाउपालिका वार्ड नं ९ का युवा नेता क्रान्ति डल्लाकोटीले बताए ।
धादिङको बेनिघाट रोराङ्ग गाउपालिका नेपालको सबैभन्दा बढी चेपाङ समुदायको बसोबास रहेको क्षेत्र हो । बेनिघाट रोराङ्ग गाउपालिकामा मात्र जनसंख्याको झण्डै ४२ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ । चेपाङ समुदायलाई अन्य दलले भोट बैकको रुपमा प्रयोग गर्ने गरेपनि नेपाली काँग्रेसले भने वडा सभापतिको जिम्मेवारी दिएको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video