धर्म/संस्कृति
Feb 27, 2020
आज मिति २०७६ फागुन १५ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन १५ ।विक्रम संवत २०७६ साल फाल्गुन १५ गते बृहस्पतिबार तदनुसार २०२० फरवरि २७ तारिख फाल्गुन शुक्ल पक्ष चौथि तिथि भोलि विहान ४ । ७ सम्म उप्रान्त पन्चमी तिथि रेवति नक्षत्र राति ११ । ४ उप्रान्त अश्विन नक्षत्र शुभ योग विहान ९ । ० उप्रान्त शुक्ल योग वणिज करण आनन्दादि योगमा मित्र योग चन्द्रमा मीन राशिमा राति ११ । ४ सम्म उप्रान्त मेष रासिमा आज चन्द्रमा उत्तरमा रहने भएकोले यात्रा गर्दा केहि उत्तर गएर गर्नुवेश काम गर्दा उत्तर फर्केर गर्नु अहिले केहि बर्ष यता देशमा अशुभ भैरहेकोछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ नमःशिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रत्मकाय हुँ यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविना कारणको विवादले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाउनेहरु सकृय हुनेछन सरिरमा आलस्यताले दरिलो डेरा जमाउने विस्वासमा पारेर फसाउन सक्छन संयम हुनुहोला । अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusव्यवसाहिक कार्यमा ऐतिहासिक सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग राष्ट्रिय अन्तराष्ट्रिय क्षत्रमा व्यवसाहिक सम्वन्ध राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiराज्यले आफु प्रति विस्वास सद्भाव राख्ने राजनीतिले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा रचल्नेछ । वैदेशिक कार्यपनि अघी बढ्नेछ ।कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्य र धर्मको अनुकूलताले मनमा मनमा उत्साह वढाउनेछ सरिरमा स्फुर्ति वढ्नाले काममा तगारो लगाउने हरुलाइ सहजै परास्ता गर्न सकिने हुदा आफ्नो काम सफल हुनेछन विस्वास गरेकाले आवस्यक समयमा साथ दिनेछन नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoस्वास्थ प्रतिकूल भएकाले एकपछि अर्को असफलताले गर्दा काम गर्न मन डराउनेछ आफन्त हरुसङ्ग सम्वन्ध राम्रो रहनेछैन अरुबाट अनावस्यक आलोचना हुनेछ शत्रु सकृय हुनेछन अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा समस्या आउला । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसामान्य प्रयसले पनि वैदेशिक व्यापारमा लगानिको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलनको आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावना छ आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसरिरमा वढ्ने आलस्यताले मनलाइ कम्जोर वनाउने हुदा काममा अरुचि निक्कै देखिन्छ धन नास पनि हुनेछ नयाँ कार्यका अवसर मिल्दा पनि आवस्यक सयममा निर्णय नुहुदा काम असफल हुनेछ लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि हुनेछ । आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबौद्धिकता वढ्नाले मन प्रसन्न हुनेछ सयमा निर्णय हुदा काममा सफलता मिल्ने र पढाइमा रुचि बढ्ने सन्तान हरुको कार्यमा अरुवाट सहयोग हुदा प्रसन्नता बढ्ने छ आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिवारले साथ दिदा काम हात पार्न सहज हुने छ मित्रहरुले साथ दिदा मनोवल वढ्नेछ सवारि साधन जोढ्ने प्रयासमा भए सहज हुनेछ शत्रुलाइ परास्त गरेर मन प्रसन्न होला जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ। छोटो समयमा महत्त्वाकांक्षी योजनामा बन्नेछन्। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornजोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्यपनि पुरा होला । पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअकस्मात हुने भेट घाटले मनोवल वढ्नेछ कुरा काट्ने हरु प्रसम्सक हुनेछन अरुको मन जित्न सकिनेछ धन माल हात लगाउन सकिने छ दाँत ठूला व्यक्तिको सदृष्ठी रहनेछ प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ । रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video