सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 27, 2020
नेपाल प्रहरीका तिन डिआइजी एआइजीमा बढुवा सिफारीस, को को परे सिफारीसमा ?
रबिन थपलिया । काठमाण्डौैं । फागुन १५ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका तिन डिआइजीलाई एआइजी बढुवाको सिफारीस गरेको छ । 
Image may contain: 3 people, closeup

सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरीको एआइजीमा डिआइजी तारणीदत्त लम्साल, शैलेश थापा क्षेत्री र हरि पाल लाई सिफारीस गरेको हो । सिफारीसमा परेका अन्य दुई डिआइजी भन्दा लम्साल सिनियर डिआइजी हुन् । लम्साल हालका प्रहरी महानिरीक्षकका व्याजी तथा डिआइजीमा संगै बढुवा भएका थिए । डिआइजीहरु निरज शाही, प्रद्युम्न कार्की र सूर्यप्रसाद उपाध्याय पनि एसएसपीबाट डीआईजीमा बढुवा हुनुभएको थियो । उपाध्याय महानिरीक्षक ज्ञवालीकै ब्याजी भए पनि डीआईजीमा भने चारजनापछि पाँचौँ क्रमसङ्ख्या राखेर बढुवा गरिएको थियो । एआईजी बढुवाका लागि क्रमसङ्ख्या मापदण्डभित्र नपर्ने भएकाले लम्सालदेखि उपाध्यायसम्म छ जना नै मुख्य प्रतिस्पर्धी थिए । त्यस्तै सिनियर प्रहरी टोली सगै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजीमा विश्वराज पोखरेल पनि प्रतिष्पर्धामा थिए । नेपाल प्रहरी भित्र राम्रो छवि बनाएका पोख्रेललाई डिआइजी बढुवाको बलियो प्रतिष्पर्धीको रुपमा समेत हेरीएको थियो । तर अन्तीम क्षणमा आएर पोख्रेललाई प्रतिष्पर्धाबाट हटाएर अन्य तिन डिआइजीहरु बढुवामा पर्न सफल भएका हुन् । 
बढुवा सिफारीस भएका तिन एआइजीहरु हालका महानिरिक्षको अवकास पछि भावि आइजीका उम्मेद्धवार हुन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video