अर्थतन्त्र/सेयरबजार
Feb 27, 2020
चन्द्रागिरि साकोसले लियो एशियाली ऋण महासंघको सदस्यताः
 काठमाण्डौैं । फागुन १५ ।चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंले एशियाली ऋण महासंघ(ACCU) को सहयोगी सदस्यता(Supporter Membership) लिएको छ । एशियाली ऋण महासंघको आयोजनामा फाल्गुण ११ गते देखि १६ गते सम्म आयोजना गरेको TOT Training on Credit Union Label of Excellence in Governance तालिमका विचमा उक्त सदस्यता प्राप्त गरेको हो । महासंघकी प्रमुख कार्यकारी  अधिकृत Elinita V. Sanroque ले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई सदस्यता प्रमाण पत्र तथा एशियाली ऋण महासंघको झण्डा हस्तातन्तरण गरी विभिन्न मुलकबाट सहभागी हुन आएका सहकारीकर्मीहरुको विचमा सदस्यता प्रदान गरिएको घोषणा गर्नुभएको हो ।
सहयोगी सदस्यता लिए पश्चात एशियाली ऋण महासंघले एशियामा सञ्चालन गरिरहेको बचत तथा ऋण सहकारी विकास कार्यक्रममा चन्द्रागिरि साकोसको सहयोग र सहभागिता रहनेछ । चन्द्रागिरि साकोस शहरी क्षेत्रमा सञ्चालित भएर पनि समुदायमा आधारित रही पूर्ण रुपमा सदस्य केन्द्रित भई शुसासनको परिधिभित्र सञ्चालन भईरहेकोले उक्त सदस्यता दिन सकिएको कुरा पनि महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीले प्रकाश पार्नु भएको थियो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघ मार्फत ३ दशकदेखि र विगत केही वर्ष देखि राष्ट्रिय सहकारी बैंक मार्फत समेत विभिन्न प्रविधिहरु हस्तान्तरण गर्दै खासगरी नेपालको बचत तथा ऋण सहकारी अभियानलाई शुसासित, व्यवसायीक र सुरक्षित बनाउनको लागि एशियाली ऋण महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डिंग कार्यक्रम सोही संघको प्राविधिक सहयोगमा नेफ्स्कुन मार्फत हाल नेपालमा सञ्चालन भईरहेको छ । यस अघि संस्थागत विकास परियोयाजना, संस्था व्यवसायीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video