‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
अर्थतन्त्र/सेयरबजार
Feb 28, 2020
लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने
काठमाडौँ, फागुन १६   लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर यही फागुन २७ गतेदेखि बिक्री गरिनेछ । आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । प्रतिकित्ता रु १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ । यस्तै दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणलाई रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने जनाएको छ । इक्रा नेपालले गरेको रेटिङमा कम्पनीको शेयरले ‘इक्रा एनपी ग्रेड ४’ पाएको छ । कम्पनीले कूल २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि आयोजनाले व्यावासायिक विद्युत् उत्पादन गर्ने जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video