मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
राजनीति
Jun 28, 2017
शान्तिपूर्ण एवं उत्साहजनक तवरले मतदान जारी, बिहान १०ः०० बजेसम्म करिव २५ प्रतिशत मतदान ः र्निवाचन आयोग
 काठमाडौं, असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान जारी रहेको छ । जारी मतदानमा अहिले बिहान १०ः०० बजेसम्म करिव २५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको र्निवाचन आयोगले जनाएको छ । 
आज मतदान भइरहेका कूल ८,३६४ मतदान केन्द्रमध्ये विहान वर्षात्का केहीबेर ढिलो मतदान शुरु भएका केही केन्द्रहरूमा समेत अहिले उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको छ । विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहने छ । मतदानसम्बन्धी थप विवरणहरू प्राप्त हुनासाथ आयोगले सार्वजनिक गर्दै जाने र्निवाचन आयोगका प्रबत्ता एवं सहसचिब सुर्यप्रसाद शर्माद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 
आयोगद्धारा जारी बिज्ञप्तीमा भनिएको छ स्थानीय तहहरुका मतदान केन्द्रहरुको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाल लगायतका सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोग धन्यवाद व्यक्त गर्दछ । 
वैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीय कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभएको छ ।
दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video