पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
कृषि/प्रविधि
Jun 28, 2017
कुखुरा पालक किसनमाथी चरम ठगी ,मासु बेच्ने कोल्ड स्टोर देखि मासु बिक्रेता पसले समेतलाई किसानले नै कमिसन दिनुपर्ने ?
रबिन थपलिया । काठमाडौं । असार १४ । सरकारी निकायको दरिलो अनुगमनको अभाबमा नेपालका कुखुरापालनक किसानहरु ठगींदै आएका छन् । ४५ दिन भित्रमा प्रतिफल पाउने आषामा ऋण काढेर ब्रोइलर कुखुरापालन क्षेत्रमा लागेका किसानहरु ऋणको भारी बोकेर पलायन भइरहेका छन् । 
कुखुरापालन क्षेत्रमा यती सम्म किसान ठगीरहेका छन कि मासु बिक्री गर्ने कोल्डस्टोरलाई जिँउदो कुखुरा जोख्दामा घाटा नपरोस भनेर प्रति सय किलोमा ५ केजी सम्म थप मासु दिने देखि त्यही मासु काटेर खुदा्र मासु बेच्ने पसलेलाई तिनै कोल्डस्टोरले दिनुपर्ने डिलर कमिसनबापतको प्रतिकिलो ५ देखि १० रुपयाँ सम्म किसानबाटै असुलीरहेका छन् । सरकारी निकायको बेवास्ताका कारण किसानहरु आफुमाथी भएको चरम अन्याय सहेर बस्न बाध्य भएका छन् । ग्रामीण भुभागमा बस्ने र खासै पहुंच नभएका कुखुरापालकहरुको पहुंच राज्यको निकाय सम्म नहुंदा उनिहरुमा असहैय पिडा थपिएको छ । 
कोल्डस्टोर सञ्चालक, चल्ला र दाना उत्पादक देखि औषधी बेच्ने भेटेनरी सम्मको दरिलो संगठन भएपनि किसानहरुको कुनै बलियो संगठन छैन् जस्का कारण कुखुरा व्यवसायबाट आफु डुबेपनि कोल्डस्टोर सञ्चालक र मासु बिक्रेतालाई पाल्नको लागि किसान बाध्य छन् । व्यवसायीहरुका अनुसार अहिले ब्रोइलर कुखुरापाल्ने अत्यन्त खराब समय हो । राजधानीका हरेक कोल्डस्टोरमा बिक्री गरीरहेका किसानका कुखुरा अपबाद बाहेक २ केजी २ सय ग्राम कुखुरा भएका छैनन् । कोल्डस्टोर व्यवसायीको नियम अनुसार तोकीएको मुल्य पाउनको लागि २ केजी २ सय ग्रामनै कुखुरा हुनुपर्दे हुन्छ । उक्त परिणामको कुखुरा नभएमा किसानका कुखुराको भाउ प्रतिकेजी ४ देखि ६ रुपयाँ सम्म कम आउने हुन्छ । अहिलो जिँउदो ब्रोइलर कुखुराको मासु २ सय ३० प्रतिकिलोमा बिक्री भइरहेको छ तर २ केजी २ सय ग्राम कुखुरा नभएमा किसानले अहिलेको रेटमा ४ देखि ६ रुपयाँ सम्म कम पाउने गरेका छन् । 
नेपालमा ठुला कुखुराको भाउ बढी र सानाको कम मुल्य र्निधारण गरिएको छैन् । तर किसानलाई ठग्न कुखुरापालन क्षेत्रमा व्यवसायीहरुले अनेक नियम बनाएका छन् । कुखुराको मासु खाने उपभोक्ताले पसलेबाट खरीद गर्ने कुखुरा जत्रो भएपनि बजारमा दैनिक चलेकै भाउमा मासु खरीद गर्दछ । तर किसानले सानो कुखुराबापत भने कम मुल्य पाइरहेका छन् । अझ मासु पसेले कुखुराको मासु सफा गर्दामा फाल्नुपर्ने पित्त थैली र फोहर मासु नफाली उल्टै उपभोक्ताले मासु खरीद गरेपछि फाल्ने गरेका छन् । 
किसानमाथी ठगीरहेको बिषयमा कोल्डस्टोर व्यवसायीहरुको संस्थासंग सम्पर्क गर्दामा सम्पर्कमा आउन चाहेनन । यस बिषयमा सरकारी निकाय र उपभोक्ता अधिकारकर्मीहरुको ध्यान केन्द्रीत गराउने हाम्रो प्रयास जारी रहने छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video