सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Feb 29, 2020
दलित बस्तीमा बनेको शिलादेवी मन्दीरको जिपी कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष पाठकले गरे उदघाटन
काठमाण्डौं । फागुन १७ । गिरीजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकले नुवाकोटको तारकेश्वर गाँउपालीका वडा नं ३ बंदेलीमा नवनिर्मीत शिलादेवी मन्दीरको उदघाटन  गर्नुभएको छ ।
दलित बस्तीको बिचमा बनेको  उक्त मन्दीरको उदघाटन गदै अध्यक्ष पाठकले मानिस सबै एउटै भएको बताँउदै जात र थरको आधारमा भेदभाब गर्न नहुने बताउनुभयो । हिन्दु धर्ममाथी चौतर्फी आक्रमण भइरहेको बताँउदै अध्यक्ष पाठकले हिन्दु धर्म जोगाउन ओमकार परिवार सहित सबै हिन्दुहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सामाजीक रुपान्तरणमा नेपाली काँग्रेसले गरेका कामहरुको इतिहाँस साक्षी रहेको बताँउदै अध्यक्ष पाठकले कम्युनिष्टले जस्तो आश्वाषण र भाषणबाजी गरेर काँग्रेसले जनतालाई दुख नदिएको बताउनुभयो । 
करिब ८ लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त मन्दीरको संरक्षणका लागि पाठकले संरक्षण कोषमा ५१ हजार १ सय ५१ रुपयाँ समेत प्रदान गर्नुभयो । पाठकले दलित र दुखी गरिबको हितका निम्ती आगामी दिनमा आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
फाउण्डेसनका अध्यक्ष पाठक राणा शासनको अन्त्यसंगै विपि कोइरालाले चलाएको छुवाछुत मुक्त समाज निर्माणमा लागेका नुवाकोटबाटका अभियन्ताहरु मछिन्द्र पाठक र बाबुकाजी पाठकका भाई समेत रहेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं जिपी कोइराला फाउण्डेसन नुवाकोटका उपाध्यक्ष शिव अधिकारी अबिरलले तारकेश्वर लगायत नुवाकोटको बिकासका निम्ती आफु लागी परेको बताँउदै जनताको सुखदुखमा आफनो साथ रहेको बताउनुभयो ।  
बिगत १० बर्ष देखि तारकेश्वर लगायत नुवाकोटको शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा अधिकारीले बिभिन्न कामहरु गदै आइरहेका छन् । 
मन्दीर उदघाटन कार्यक्रममा नेपाली काँग्रेस दुप्चेश्वर काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष सुशिल खडका, नेका तारकेश्वर गाँउपालीका ३ का सभापति दिपेश शाक्य, जिपी कोइराला फाउण्डेसन नुवाकोटकी कोषाध्यक्ष भवानी देवकोटा, जिपी फाउण्डेसन लिखु गाँउपालीकाकी उपाध्यक्ष शरस्वती मल्ल, शिक्षक संघ नुवाकोटकी सदस्य मञ्जु प्रधान लगायतको उपस्थीति रहेको थियो । 
 

दलित संघ नुवाकोटका अध्यक्ष रामशरण मजकोटीले उदघोषण गरेको उक्त कार्यक्रमको सभापतित्व नारायण मजकोटीले गर्नुभएको थियो । नुवाकोटको तारकेश्वर गाँउपालीका वडा नं ३ बदेली गाँउमा मात्र एकै ठाँउमा १०४ घर दलितको बसोबास रहेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video