विचार/अन्तरवार्ता
Jun 28, 2017
अहिलेको सहकारीहरुको अवस्थालाई सकारात्मक रुपमा लिएको छु ः थापा

रवीन्द्र विक्रम थापा
महाप्रबन्धक
कश्मीरा वचत तथा ऋण सहकारी संस्था लि.,
बागबजार–३१, काठमाडौं ।


अहिलेको सहकारीहरुको अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?
मैले अहिलेको सहकारीहरुको अवस्थालाई सकारात्मक रुपमा नै लिएको छु तर नकारात्मक गतिविधि र चलखेल पनि भईरहेको देखेको छु, यस्ता नकारात्मक गतिविधीहरु रोकी सजक भई अझ सहज तरिकाले सहकारीलाई अघि बढाउनुपर्ने लागेको छ । 
सरकारको सहकारी निती नियमलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सरकारी सम्बन्धी नीति नियमलाई समुचित मूल्याङ्कन गरेको छु । यसमा जनभावना बुझी जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने खालका आवश्यक नीति नियम थप गर्दै लानुपर्ने र व्यवहारमा ध्यान दिनुपर्ने देखिन्छ । 
यो सहकारीले कुन कुन क्षेत्र हेरिरहेको छ ?
हाम्रो यस कश्मीरा बचत तथा ऋण सहकारी संस्थाले विशेषतः सामाजिक, आर्थिक तथा शैक्षिक र स्वास्थ्य क्षेत्र नै हेरिरको छ । 
सहकारीहरु सदस्यहरुको पैसा ठगेर भाग्ने गर्ने प्रवृत्तिप्रति तपाई के भन्नुहुन्छ ?
केही सहकारीहरु सदस्यहरुको पैसा ठगेर भाग्ने गर्थे यसमा मेरो के धारणा छ भने त्यस्ता सहकारी प्रमुखहरुले सहकारीको निती नियम मिचेर सदस्यहरुबाट पैसा संकलन गरी उनीहरको हितका लागि केही नगरी नसोची आफूले नै पैसा चलाउने र आफूहरु मात्रै रमाउने कारणले गर्दा भाग्न पर्ने अवस्थामा पुगेका हुन् । सहकारीको नीति नियम बमोजिम संचालन गर्ने र सहभावको अस्तित्वमा चल्ने हो भने कुनै पनि सहकारी पछि पर्दैन साथै सहकारीका सदस्यहरुले पनि कुनै पनि सहकारीको सदस्यता लिनुभन्दा पहिले उक्त सहकारीका संचालकहरुका बारेमा सम्पूर्ण जानकारी लिई विश्वस्त भएपछि मात्र सदस्यता लिने बानी गरेमा भविष्यमा आफ्नो सम्पूर्ण पुँजी सुरक्षित रहने कुरामा ढुक्क बन्न सकिन्छ । 
यो सहकारीको स्थापना कहिले र कसरी भयो ?
हाम्रो यस कश्मीरा बचत तथा ऋण सहकारीको स्थापना कसरी भयो भने हामी केही यसै क्षेत्रमा व्यापार व्यसाय गर्दै आाएका साथीहरु मिलेर आफ्नो व्यापार विस्तार गर्नको लागि एक आपसमा छलफल हुँदा सहकारी स्थापना गर्न पाए हामी र हामीजस्तै व्यापार व्यवसाय संलग्न साथीभाईहरुको पनि जीवनस्तर उकास्न सहयोग पुग्नेथियो भन्ने लागेर २०६४ साल चैत्र २० गते डिभीजन सहकारी कार्यालयमा दर्ता गरी २०६५ साल बैशाख २६ गतेबाट यही वागबजार–३१, काठमाडौंमा संचालन गरिरहेका छौं । 
सबै सहकारीलाई ईमान्दार भएर सही रुपमा चल्नका लागि सरकारले के गर्नुपर्ला ?
सबै सहकारीलाई ईमान्दार भएर सही रुपमा संचालन गर्नका निम्ती सरकारले समुचित वातावरण सिर्जन गरी कार्यान्वयनका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने हो । 
तपाई राजनीतिमा संलग्न हुनुहुन्छ ?
म राजनीतिमा संलगन छैन तर लोकतन्त्रप्रति आस्था छ । त्यसैले देशमा चलिरहने राजनीतिलाई नजिकबाट नियालीरहेको भने हुन्छु ।
तपाईको सहकारीले सदस्यहरुको जीवनस्तर उकास्नका लागि के गरिरहेको छ ?
हाम्रो यस सहकारीका सदस्यहरुको जीवनस्तर उकास्न संस्थाल निरन्तर सामूहिक प्रयासबाट आर्थिक संकलन र परिचालन गरी सह अस्तित्वको भावनाबाट प्रेरित भई कार्यक्रमहरु संचालन गरिरेका छौं, जसले गर्दा सामूहिक समुन्नतीको अवसर जुटाएको पाईन्छ र यसलाई भविष्यमा पनि निरन्तरता दिने छौं । 
तपाईको सहकारी काठमाडौंमा मात्र हो की अरु जिल्लामा समेत पुगको छ ?
हाम्रो यो कश्मीरा वचत तथा ऋण सहकारी संस्था हालको लागि काठमाडौं महानगर पालिका भित्रका ५ वटा वडाहरु १६,२९,३०,३१,३२ का सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ र भविष्यमा यसलाई अझ विस्तार गर्दै नेपाल सरकारको कानून र सहकारी संचालन सम्बन्धी निती नियम अनुसार विस्तार गर्ने कार्ययोजनामा रहेका छौं ।
नयाँ खुल्ने सहकारीलाई तपाई के सुझाव दिन चाहनुहुन्छ ?
नयाँ खुल्ने सहकारीलाई म के सुझाव दिन्छु भने सामुहिक हित, समुन्नती र सेवाको भावनासँगै सहकारीको निती, नियमलाई राम्ररी बुझेर सोही अनुसार सञ्चालन गर्न अति आवश्यक छ, यस कुरालाई ख्याल गरी अगाडि बढ्ने हो भने सहकारीमा लाग्ने सबैको भविश्य उज्जवल छ । 
यो सहकारीको सामाजिक क्षेत्रमा के गरिरहको छ ?
हाम्रो यस सहकारीको सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ जस्तैः रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सरसफाई कार्यक्रम, विभिन्न शैक्षिक कार्यक्रमहरु साथै अन्य सामाजिक कार्यक्रमहरु समय–समयमा संचालन गर्दै आइरेको छ । 
अहिलेको देशको राजनतिक अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ र राजनीतिक दलहरुले सहकारीप्रति कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
मैले देशको वर्तमान राजनीतिक अवस्थालाई पनि निहालिरहेको छु तर सन्तोष गर्ने ठाउँ भन्ने पाएको छैन । जवसम्म देशमा राजनीतिक स्थायित्व हुँदैन तवसम्म देशका जनताले यसरी नै दुःख पाईरहने छन् । 
सहकारीप्रति राजनीतिक दलहरुको उल्लेख्य भूमिका देखिएको छैन । मानवोचित जन–जीवनस्तर उकास्नका निम्ती सहकारी अवधारणा विस्तार गर्न र वहुजन हिताय वहुजन सुखायको भावनाबाट समान लाभ उपलब्ध गराउन राजनीतिक दलहरुको सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने देखन्छ । 
अन्तमा आफ्ना सदस्यहरु र शुभचिन्तकहरुलाई के भन्नुहुन्छ ?
अन्तमा संस्थाका सदस्यहरु तथा शुभचिन्तकहरुले हालसम्म यस संस्थाप्रति गर्नुभएको विश्वास र सहयोगको लागि म हृदयदेखि नै आभारी छु साथै भविश्यमा पनि तपाईहरुको साथ, सहयोग र सुझावहरु यसैगरी पाईरहुँ जसले गर्दा यस संस्थालाई अझ अघि बढ्न हौसला र प्रेरणा मिलोस् । नयाँ सदस्यहरुलाई सहकारीको उद्देश्य, भावना, व्यवहार तथा परिस्थिती बुझेर मात्र सहकारीमा लाग्नुहोला भन्न चाहन्छु । 

प्रस्तुती सनत गिरी
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video