उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Mar 01, 2020
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राँझा, फागुन १८ प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ । “ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।” उहाँले भन्नुभयो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । “भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको सङ्ख्या बढ्दै गएको छ ।” मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।”उहाँले नेपालले विकसित मुलुकहरु बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको बताउनुभयो । सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो । उनीहरुले २२ वर्षपछि पुर्जा पाएको जनाइएको छ । पहिलो चरणमा २८ र दोस्रो चरणमा ११० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video