अर्थतन्त्र/सेयरबजार
Mar 02, 2020
लेखा समितिले आर्थिक अनियमिताका छानबिन गर्दै
अत्तरिया, फागुन १९ सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले तीन वटा आर्थिक अनियमितताका घटनाबारे छानबिन गरी प्रतिवेदन तयार गर्ने भएको छ । प्रदेश सरकारले खरिद तथा वितरण गरेकोे सुविधा सम्पन्न एम्बुलेन्स, कैलालीस्थित बाह्रवन साझेदारी वन व्यवस्थापन र प्रदेशभित्र सामुदायिक सिँचाइ परियोजनाअन्र्तगत सञ्चालन भएका कार्यक्रमको आर्थिक अनियमितताबारे प्रतिवेदन तयार गर्ने भएको हो । प्रतिवेदन तयार पार्न समितिले समयावधि तोकेको छ । लेखा समितिको बैठकले यही फागुन ८ गते एम्बुलेन्स खरिद तथा वितरणको छानबिन गर्न सभापति नन्दाकुमारी बमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यस्तै बाह्रवन साझेदारी वन व्यवस्थापन समिति र सामुदायिक सिँचाइ आयोजना (सिआइपी) अन्र्तगत सञ्चालन भएको कार्यक्रमको छानबिन गर्न समिति सदस्य अमरबहादुर साउदको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिका सभापति नन्दाकुमारी बमले एम्बुलेन्सबारे ३० दिनभित्र तथा बाह्रवन र सामुदायिक सिँचाइ आयोजना ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि तोकिएको जानकारी दिनुभयो । सभापति नन्दाले भन्नुभयो, “यदि तोकिएको समयभित्र कुनै कारणबस प्रतिवेदन पेश गर्न सकिएन भने मागअनुसार समय थप गर्न सकिनेछ ।” उहाँले तीनवटै आर्थिक अनियमितताको घटनाको छानबिन शुरु भएको जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक २० गते एक कार्यक्रमबीच सेती प्रादेशिक अस्पतालसहित प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video