सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 02, 2020
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
धनुषा,फागुन १९ । धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट फागुन १८ गते एपीएफ टोलीले १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षिय आकाश राईन छन् ।  मोटरसाईकलमा सवार निज राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।  त्यसवेला एपीएफ टोलीले निज राईनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।   पक्राउ परेका निज राईनलार्ई बरामद लागूऔषध र मोटरसाईसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको छ ।  

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद ः–
 रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट फागुन १९ गते एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
 भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।  यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले फागुन १८ गते करीव दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।  ना २ ख २९८ नम्बरको यात्रुवाहक बसमा ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० स्थित पितौजी चोकबाट बरामद गरेको हो ।   बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
यसैगरी धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरथानीबाट एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।





प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video