उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Mar 03, 2020
कोरोना भाइरसः उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम स्थगित
काठमाडौँ, फागुन २० कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिनुभएको छ । उहाँको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उहाँ अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन अपिल गर्दै नआत्तिन र उच्च सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video