‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
अर्थतन्त्र/सेयरबजार
Mar 03, 2020
सेञ्चुरी बैकले बैकर्स संघ बिच भएको सम्झौतानै मानेन, आसेपासे मार्फत सम्पत्ती मुल्यांकन गराँउदा बित्तिय जोखिम बढयो
काठमाण्डौं । फागुन २० । सेञ्चुरी कमर्सियल बैंकले आफै सदस्य रहेको नेपाली बैकहरुको छाता संस्था नेपाल बैकर्स संघसंग गरेको सम्झौता नमानेको खुलासा भएको छ ।
जिम्मेवार मुल्यांकनकर्ताहरु मार्फत बैकले सम्पत्तीको मुल्यांकन गराँउदा वित्तिय जोखिम कम हुने निष्कर्ष सहित नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स संघ विच २०७४ मंसिर २४ गते सर्भिस एग्रिमेन्ट भएको थियो । जुन सम्झौता बमोजीम बैकर्स संघमा आबद्ध सवै बैकहरुले भ्यालुयर्स संघमा आबद्ध मुल्यांकनकर्ता मार्फत मात्र बित्तिय मुल्यांकन गराउने सम्झौता भएको थियो ।
संघमा आबद्ध सबै बैकहरुले भ्यालुयर्स संघमा आबद्ध मुल्यांकनकर्ताहरु मार्फत काम गराएपनि सेञ्चुरी बैकले अटेरी गदै आफना अनुकुलका भ्यालुयर्स मार्फत मात्र मुल्यांकन गराइरहेको छ ।  
यता, सेञ्चुरी कमर्सियल बैंकले सम्झौता कार्यन्वयन नगरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसनले अल्टिमेटम पत्र बुझाएको छ । विगत २ वर्षदेखी संघ र नेपाल बेंकर्स संघविच भएको आधिकारीक प्रोफेसनल भ्यालुयसविच भ्यालुएसन गराउने सम्झौता बमोजीम काम अगाडी बढाउन बैकलाई आग्रह गरेको छ । 
भ्यालुयर्स संघमा आबद्ध इन्जीनियरहरुले सोमबार बैंकमै गई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।नेपाल भ्यालुयर्स संघले अन्य सबै बैंकमा लागु भएको सम्झौता सेञ्चुरी बैंकले अटेर गरि आफ्ना आसेपासेलाई भ्यालुएसन गराएर प्रोफेसनल संस्थालाई व्यवस्था गरेको आरोप लगाएको छ ।संघले सो सम्झौता लागु नभएमा आगामी चैत्र २० गते सेञ्चुरी बैंकका केन्द्रीय तथा साखा कार्यलयहरुमा आन्दोलन गर्ने अन्य थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको भ्यालुयर्स संघका अध्यक्ष ऋषि कोइरालाले बताए ।
सम्झौता कार्यन्वयन गर्न ध्यानाकर्षण गर्न आउँदा बैंकका प्रमुख कार्यकारी अधिकृतले अपमानजनक व्यावहार गर्दै बैंकको पार्कीङमा पत्र बुझेको र प्रोफोसनले इन्जीनियरहरुको पेसामाथी बैंकले अपमान गरेको भ्यालुयर्स संघका महासचिव मुक्ती पाण्डेले बताए ।
एसोसियसनले आफुसंग आपद्ध भएका ३ सय ७० प्रोफेसनल इन्जीनियरहरुबाट भ्यालुएसन गराउन माग गरेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video