विचार/अन्तरवार्ता
Jun 29, 2017
शिक्षा क्षेत्रमा लाग्नेको इमान्दारीता र नैतिकता हुनुपर्दछ ः स्थापीत
सरन रत्न स्थापित
प्रिन्सिपल
सरस्वती कुञ्ज हाइअर सेकेण्डरी स्कुल
ज्ञानेश्वर, काठमाडौं । 


अहिलेको देशको शैक्षिक अवस्थालाई यहाँले यसरी मूल्याङन गर्नु भएको छ ?
अहिले देशको शैक्षिक क्षेत्र उहीलेको दाजोमा धेरै परिवर्तन भएका छन् । परिवर्तन पनि हाम्रो देशको अवस्थालाई लिएर नभई विदेशिको चलखेलमा परिवर्तन आएको देखिन्छ । हामीलाई हाम्रो देश चाहिएको हो । कुनै पनि विदेशीको स्थानमा शिक्षा जस्तो गहन विषय प्रभावित हुन हुँदैन । किन भने हाम्रो बालबालिकाहरुको भविष्य र देशको भविष्य निर्देशित भएको हुन्छ । शिक्षा हाम्रो हिसावबाट देशको परिस्थिति र माहोललाई बुझेर दिएको हुनु पर्छ र, अहिले यो करा भइरहेको छैन र अन्धकारमा देखिरहेको छौँ । 
शिक्षा क्षेत्रको सरकारी नीति नियमलाई कसरी लिनु भएको छ ?
शिक्षाको कुर्सिमा बस्ने मान्छेको विचार उसको देश प्रतिको सोचाईले र केही विदेशी चलखेलले पनि हाम्रो शिक्षको नीति नियमहरु प्रभावित हुने गरेको छ । जसलाई हामी ठिक भन्न सक्दैनौ । पहिला त कुनै पनि नेताले नेपाली भएर सोच्नु प¥यो । हामीलाई कहाँ पु¥याउने र त्यसको लागि हामीलाई के कस्ता शिक्षित जनशक्ति चाहिन्छ, पहिला त्यो स्पष्ट हुनपर्छ । यदि यो कुरालाई ध्यानमा नराखीकन कुनै एउटा आयातित सोचलाई नीति नियममा ढालेर देशमा लागू गरिन्छ भने त्यसले दुर्घटना निम्त्याउँछ । जुन हाम्रो देशको हितमा हुँदैन ।
शिक्षा क्षेत्रमा के कस्ता सुधार आवश्यक महसुस गर्नु भएको छ ?
शिक्षा क्षेत्रको साँच्चै नै हामीले केही सुधार गर्ने हो भने देश यो स्थितिमा रहदैन । शिक्षाबाट पहिला हाम्रा युवा शक्तिलाई साँचै नै देशको शक्तिमा परिणत गर्नका लागि देशप्रतिको दायित्वलाई बोध गराउन शिक्षाको आवश्यकता पर्दछ । आज कुनै पनि नेपालीले आफूलाई नेपाली भन्न विर्सने अवस्थामा हामी छौं । शिक्षाको नाममा हामी विदेशीलाई पढ्न लेख्न जान्ने मात्र बनाइरहेका छौं । जीवन उपयोगी शिक्षाको रुपमा प्रेरित गर्दा काम लाग्ने दक्षताहरु दिनमा हामी चुकिरहेका छौं । यण्हाँ हामीले पढायौँ, बच्चाहरु ठूला भए, जहाँ हाम्रो करोडौं करोड लगानी भएका एउटा युवा छ, त्यसलाई अझ पैसा खर्च गरेर विदेशमा धपाउदै छौं । यिनीहरुलाई नेपालीहरु यहा पालेर काम गर्न सक्ने शक्ति विकसित भइसकेकोपछि विदेशमा पठाएर विदेशी बनाएर त्यहाँको विकासमा तिनीहरु लागनी हुदैछन् । अब यहा के गर्ने त भन्ने प्रश्न त उठ्छ, नेताहरुले यहाँ रोजगारका थुप्रै ठाउँहरु हुँदा हुँदै पनि तिनीहरुलाई आकर्षित गरेर देशमै राख्न नसक्नु यो हामी सबैको ठूलो भूल हो । त्यसलाई सच्चाउनका लागि बालबालिकादेखि उच्च शिक्षा हाँसिल गरिरहेका हाम्रा नेताहरुलाई देशप्रतिको कर्तव्य बोध हुने शिक्षा हुनुपर्दछ । अहिले हाम्रो देशमा केही छैन भन्ने भ्रामक कुरालाई प्रचार–प्रसार गर्दै शिक्षित, चेतनशील युवा शक्तिलाई विदेशमा धपाउँदै वौद्धिक रुपमा हामी हाम्रो देशलाई खोक्रो बनाउने अभियानमा छौ । त्यसलाई रोक्नका लािग आवश्यक सुधार शिक्षामै हुनुपर्छ । 
शिक्षा क्षेत्रमा राजनीतिकरण भएको देखिन्छ नि ?
शिक्षामा राजनीतिकरण भएको फल नै हामीले देखिरहेका छौं, आज चाहे सरकारी स्कुल भन्नुस, सामुदायिक स्कुल भन्नुस, नीजि स्कुल भन्नुस्, जहाँ तही राजनीति हावी भएको देखिन्छ । सरकारी र सामुदायिक स्कुलमा त प्रध्यानाध्यापकदेखि लिएर सबै कुरामा भागवण्डा चल्ने कुरा त सुन्दै आएको हौ । यसरी शिक्षा क्षेत्रमा एउटा स्कुल देखि विश्व विद्यालयसम्म पनि भागवण्डा चल्छ भने देशले मुक्ति कसरी पाउँछ । आज नीजि स्कुलको विरोध गरेपछि साच्चीकै ठूलो नेता म भएछु भन्ने किसिमको सोचले सँधै नै नीजि स्कुललाई गाली गर्ने नेताहरुको कति नीजि स्कुलमा लगानी छ भन्ने कुरा सुनिन्छ । राजनति के हो भन्ने नबुझिकन हाम्रो शिक्षा क्षेत्रका लािग आफ्ना स्वार्थमा देशको स्वार्थालाई निम्त्याउन पार्दैछन् । जवसम्म शिक्षामा राजनीति हावी हुन्छ, निमुखा जनताहरुले राम्रो हिसा पाएर ठूलो मान्छे बन्ने मौकापनि कहिल्यै पाउदैनन् । 
विद्यार्थीहरुलाई कस्तो किसिमको शिक्षा दिनुपर्छ भन्ने महसुस गर्नु भएको छ ?
अहिले सवै भन्दा ठूलो समस्या भनेको हाम्रो बालबालिकाहरु छोरा छोरीहरु कर्तव्यको कुरा गर्दैनन् । अधिकारको कुराहरु, एनजिओ, आएनजिओहरुले यसरी औषधी जस्तै खुवाएको छन् । जसको अधिकारको त कुरा गर्छन् तर आफ्नो कर्तव्य विर्सेका छन् । तिनीहरुको लागि के का लाग पढि रहेका छन्, सिकिरहेका र आफ्नो शिक्षा विचार सिप ज्ञानलाई कहाँ कसरी उसका लागि प्रयोग गर्ने भन्ने ज्ञान शिक्षालाई दिन बसेको अवस्था हामीले देखेका छौँ अत, हामीले प्रत्येक बाल बालिकालाई विद्यार्थीहरुलाई दिन दिनै के का लागि पढ्ने र सिक्ने भन्ने कुरा घोकाएर लानुपर्छ । जस्तै, म आमा बाबु र परिवारका लागि पढ्छु र सिक्छु, म सामज र समुदायको लागि पढ्छु र सिक्छु, म राष्ट्र राष्ट्रियताको विकास र समृद्धिका लागि पढ्छु र सिक्छु, म समुदायको लाग पढ्छु र सिक्छु, म मानव कल्याण एवं आफूले प्राप्त गरेको शिक्षा विचार र सिपलाई कहिल्यै पनि नराम्रो बाटोमा लाग्ने छैन, यो मेरो वचन भयो” यसरी हामीले हाम्रा बालबालिकालाई पढाउने र सकाउने भएमा तिनीहरुको मन मस्तिस्कमा एउटा राष्ट्रिय सोचको विकास हुनु, जहाँ कसैले पनि आफ्ना आमा बाबु समाज, देश र विश्व प्रतिका आफ्नो उत्तरदायितवलाई विर्सदैन पनि र आफूले प्राप्त गरेको ज्ञान र सिपलाई राम्रो काम लगाउने हुन्छ । यहाँ हाम्रो परिवारको, समाजको देशको र विश्वकै राम्रो भविष्य लुकेको छ । 
यसैगरि नीजि स्कुलले लने शुल्क फरक हुन्छ । बढी र कम भन्ने हुँदैन, जुन व्यक्तिको संख्याले सेवा दिइरहेको छ, त्यसले आफ्नो सेवा अनुसारको मूल्य पाउनु पर्छ । आज तपाई जानुस बाटोमा एक कप चियाको १५–२० रुपियाँमा पाउन सकिन्छ र तारे होटलमा त्यो भन्दा कम स्तरको चियाको आठ गुणा भन्दा बढी मूल्यतिर्नु पर्छ । स्कुलमा पनि यस्तो ठाउँमा र कस्तो ठाउँमा र कस्तो शिक्षक शिक्षिकाहरुलाई पढाउन दिइरहेका छन्, त्यहाँ अरु के कस्ता शैक्षिक क्रियाकलाप हुन्छन् र कोठामा कस्ता व्यवस्थापन हुन्छ, त्यसले पनि शुल्कलाई प्रभावित गर्छ र अर्को कुरा, स्कुल कसरी संचालन गरिरहेको छ, त्यो व्यक्ति वा संस्था कुन ध्ययले शिक्षा क्षेत्रमा प्रवेश गरेको छ त्यसले पनि शुल्क प्रभावित हुन्छ । शुल्क जति लिए पनि त्यो ठाउँमा बच्चा लग्न, नलाग्ने कुरा त आमा–बाबुमा भर पर्छ । अहिले सुनिन्छ काठमाडौं पनि महिनाको ५० हजारभन्दा बढी शुल्क लिने स्कुलहरु छन् । जहाँ विद्यार्थीको कमि छैन । कसैलाई हात तानेर जर्वजस्ती कुनै पनि स्कुलले बच्चाहरु लगेका छैनन् । आमा–बाबुले आफ्नो बच्चाहरुलाई राखेका छन् । यहाँ नीजि विद्यालयले बढी शुल्क लियो अभिभावकलाई ठग्यो भने कुरा कहाँबाट आयो ? यहाँ पनि राजनीति छ । रानीतिबाट निर्देशित भएर यो कुरा बजारमा आएको हो । कसैको अधिकारमा कुनै पनि यस्तो कुरा बोल्नु उचित छैन । वरु सकिन्छ भने त्यस्ता महँगा स्कुलहरुमा पठाउने आमा–बाबुहरुको कमाई र तिनीहरुले राज्यलाई तिर्नु पर्ने कर तिरेका हुन्छकि हुँदन यसको खोजविन गर्नु पर्छ । 
तपाईलाई चाही राष्ट्रवादी रुपमा लिइन्छ नि ?
म त भन्छु, प्रत्येक मानिस राष्ट्रवादी हुनुपर्छ । कतिले भन्लान अहिलेको समयमा कुनै पनि व्यक्ति एउटै राज्यमा समित भएर बस्नु हुँदेन । तर जबसम्म आफ्नो देशप्रतिको आफ्नो कर्तव्यलाई पुरा गर्न सक्दैन देश एउटा ठकि बाटोमा लाग्न सकिरहेको हुँदैन । त्यस बेला कुनै पनि अरु देशको कुरा गर्नु भन्दा आफ्नै देशको समस्याको समाधान खोज्ने प्रत्येक नेपालीको कर्तव्य हुन्छ र म राष्ट्रवादीको रुपमा राष्ट्रप्रतिको मेरो उत्तरदायित्व र कर्तव्य पुरा गर्ने अभियानमा छु । आज शिक्षा के को लागी छोटकरीमा भन्दा शिक्षा इमानदारिता, नैतिकता, धर्म संस्कार र राष्ट्रियताको लागि हुनुपर्छ । यहि शिक्षाले हामीलाई राष्ट्रवादी बनाउँछ । प्रत्येक नेपालीको देशको विषयमा सोच्न सुरु गर्छन् । 

प्रस्तुती सनत गिरी
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video