पर्यटन /बिबिध समाचार
Mar 03, 2020
रोयल यु–२३ च्याम्पियन
काठमाडौं, फागुन २०आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कभर्डहलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित ग¥यो । रोयलका निकेश मगरले २० अंक जोडे । निकेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत निकेशले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो । पछाडि परेको स्थितिलाई उल्ट्याउदै चौथो तथा अन्तिम क्वाटरमा रोयलले २०–९ को अग्रता लियो र उपाधि सुनिश्चित ग¥यो । सुरुका तीन क्वाटरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो । उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार हात पा¥यो ।
टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १२ गतेदेखि सुरु प्रतियोगितामा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रोयल स्पोर्ट्स सेन्ट्रल राष्ट्रिय बास्केटबल खेलाडीद्वय रविन खत्री र विनोद महर्जन तथा बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video