उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Mar 04, 2020
पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन विस्तार गर्नुपर्छ : नेता पौडेल
दमौली, फागुन  २१ नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका–५ को भेलालाई आज सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन सुदृढीकरणको अभियान चलाउनुपर्ने बताउनुभयो । काँग्रेसका कार्यकर्तासँग मात्र नभई आम जनताको घर–घरमा पुगेर काङ्ग्रेसले अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य पौडेलले वर्तमान सरकारको आलोचना बढेको भन्दै राम्रा भन्दा गलत क्रियाकलापमा सरकार फसेको आरोप लगाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नयाँ काम गर्न नसकेको बताउँदै नेता पौडेलले देशमा भ्रष्टाचार बढ्दा देश विकासमा पछाडि परेको चर्चा गर्नुभयो । “दिनैपिच्छे विभिन्न काण्डका घटना सार्वजनिक भइरहेका छन्, यसको निष्पक्ष छानबिन गर्न आवश्यक छ”, नेता पौडेलले भन्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video