कृषि/प्रविधि
Jun 29, 2017
गाँउका खेत बाँझै, शहरमा धान महोत्सब, ठमेलको सडकमा धान रोप्ने को ?
काठमाडौं । असार १५ । धान दिवस आज असार १५ को चटारोले गाँउका किसानलाई भ्याइ नभ्याई भइरहेको छ । गाँउ गाँउमा युवा नहुंदा घान रोप्न र बाँकी रहेका ठाँउमा धान काटन खेताला समेत नपाएर किसानलाई तनाब छन । भारी बर्षा र पहिरोले खेत रोप्ने किसानहरुलाई त्यतीकै तनाब थपीरहेको छ । गाँउ गाँउमा गोरु नभएर कतिपय किसान त्यस्तै तनाबमा छन् । 
आज असार १५ धान दिवस हो । दिवस मनाउनु रामै कुरा हो । महोत्सब मनाइरहंदा ख्याल गर्नुपर्ने कुरा के हो भने कृषि प्रधान देश नेपालले बार्षिक २० अर्बको चामल आयात गदैं आइरहेको छ । गाँउका खेत बारीले सहर पसेकाहरुलाई कुरीरहेको छ । खेत, बारी बाँझै राखेर हामी धान दिवस मनाउन व्यस्त छौं । गाँउ गाँउका खेत बारी बाँझो राखेर काठमाडौंमा धान महोत्सब मनाइरहेका छौं । अझ रमाइलो कुरा जिवनमा आफनो खेतमा कहिल्यै नटेक्नेहरु समेत काठमाडौंमा धान दिवस मनाउन भ्याइ नभ्याई छ । अर्को रमाइलो कुरा के छ भने ठमेलको व्यस्त सडकमा समेत रोपाई गरियो आज । एउटा सुझाब गाँउको खेत बाँझो राखेर होइन महासयहरु बाली लगाएर धान महोत्सब मनाऔं । फेसबुक र सामाजीक सञ्जालहरुमा तस्वीरका लागि भन्दा पनि धान उत्पादन बढाउनको लागि पहल गर्ने हो कि ? 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video