कृषि/प्रविधि
Jun 30, 2017
शिवपुरीमा भव्यताका साथ रोपाँई महोत्सब सम्पन्न, मन्त्रालयका सचिब देखि बिदेशी पर्यटक समेतले यसरी मनाए असार १५
नुवाकोट असार १६ । हरिराम भेटवाल । धान दिवसको अवसरमा नुवाकोटको बुढीसेरामा भव्य रुपमा रोपाँई महोत्सब सम्पन्न भएको छ । 
गाँउ पर्यटन प्रबर्धन मञ्चको आयोजना भएको उक्त धान महोत्सब कार्यक्रममा शिवपुरी गाउँपालिकाका विभिन्न ठाउँबाट बाजा र असारको गित सहित विभिन्न समूहहरु आएका थिए । रोपाई महोत्सब गर्न काठमाडौंबाट गएको अतिथिहरुको टोली सहित स्थानीयबासीहरुले हिलो खेल्दै दैहि चिउरा खायर अषाढ पन्ध्र उत्सब मनाएका थिए । 
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिब शंकर अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त धान महोत्सबमा नेकपा एमाले बिदेस बिभाग सदस्य केशव पाण्डे, शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा, वडा नं ७ का वडा अध्यक्ष माधव भेटुवाल, वडा नं ८ का वडा अध्यक्ष पदम थपलिया, नेकपा एमाले जिल्ला लेखा आयोगका पदम उप्रेती, नेकपा एमाले शिवपुरी गाउँ संयोजक उजन खड्का, वडा अध्यक्ष सिताराम थापा, गुरुङ पर्यटन समाज नेपाल का संस्थापक अध्यक्ष कुल बहादुर गरुङ, महासचिव ईश्वर गुरुङ, टानका अध्यक्ष चन्द्र रिजाल लगातका उपस्थीतिमा भव्य रुपमा रोपाँई महोत्सब सम्पन्न भएको हो । 
मानो रोपेर मुरी फलाउने समय आज अषाढ १५ राष्ट्रिय धान दिवस यसैको अबसरमा शिवपुरी गाउँपालिका वडा न ७ को बुढिसेरामा रोपाइ महोत्सब गर्नको लागि काठमाडौंबाट जम्बो टोली बुडिसेरा पुगेको थियो । छहरे टोखा सडक खण्ड अन्तर्गतको जगाती बसपार्क नजिकै बाटो अवरुद्ध भएपछि महोत्सब गर्न गएको टोली धेरैबेर सडकमा फसेको थियो । र्निधारीत समय भन्दा केहि ढिलो पुगेको रोपाँई महोत्सबको टोलीलाई स्थानीयबासीले स्वागत समेत गरेका थिए । 
शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले महोत्सब मनाउन पुगेका नेपाल सरकारका सचिब सहितको टोलीलाई स्वागत गदै शिवपुरीमा पर्यटन बिकासको धेरै ठाउँ भएकाले पर्यटन प्रबर्धनमा लाग्न सकेके स्थानीयवासीलाई फाइदा पुग्ने बताए । उनले गाउँपालिकाले पर्यटन प्रबर्धनको योजना बनाई कामगर्ने समेत बताए ।
आयोजक गाँउ पर्यटक प्रबद्धन मञ्चका अध्यक्ष कमल सापकोटाले शिवपुरीको पर्यटन बिकास र प्रबधन गरि र्उबरा नुवाकोटको कृषि भुमि र यहाँको चामलको उत्पादा बढाउन सके देशलाईनै फाइदा पुग्ने बताए । 
रोपाइ  कार्यक्रम वडा न ७ सुनखानिका एमाले नेता राजाराम गुणिको खेतमा भएको थियो । आफनो खेतमा भव्य महोत्सब भएकोमा खुसी व्यक्त गदै गुणीले कृषिको बिकास र पर्यटन प्रबधन भए गाउँ आर्थिक बिकास हासिल गन सकने र आफू सधै यस्तो बिकास मा टेवा पुगने कार्यक्रममा लागिरहने बताउनुभयो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video