खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन
प्रवासी खबर
Mar 09, 2020
तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर
न्यूयोर्क,  फागुन २६ – कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ । यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो । विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ । मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ । कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो । एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्ने उद्देश्य सहित तेलको उत्पादन अझ बढाउन सक्ने बताउनुभयो । विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए । सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो । यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो । अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ । ––
(रासस/एपी)


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video