धर्म/संस्कृति
Mar 09, 2020
कोइरालाबंशको पितृ उद्धारका लागि श्रीमदभागवत महापुराण आयोजना
तुलसा कोइराला । काठमाण्डौं । फागुन २६ । कोइराला कुलबंशका समस्त पितृहरुको आत्माको चिर शान्ति तथा गोलोकलवास (पितृ मोक्षार्थ) श्रीमद भागवत महापुराण आयोजना गरिएको छ । 
श्रीमदभागवत महापुराण व्यवस्थापन समिति एवं मनु उपाध्याय कोइरालाका सन्ततीहरुद्धारा खोटाङको जन्तढुंगा गाँउपालीका ५,मनु–कुवेर चौतारा खुट्टा, बितलबमा आयोजना गरिएको छ ।
महापुराण यहि फागुन २० गते देखि २८ गते सम्म चल्ने छ । महापुराणमा सहभागी हुन तथा पुख्यौली थलो हेर्नका लागि बितलबमा देश बिदेशबाट कोइरालाहरुले उपस्थीति जनाइरहेको जन्तेढुंगा गाँउपालीका ५ का वडा अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।
महापुराणको समन्वय ९२ बर्षीय पद्धमलाल कोइराला, माधव कोइराला, राम कोइराला, नवराज कोइराला लगायतले गरिरहेको सोमनाथ कोईरालाले  जानकारी दिनुभयो  । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video