सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास
शिक्षा /स्वास्थ्य
Mar 11, 2020
अस्पतालको सेवा चुस्त बनाउन गृहसचिवको निर्देशन
काठमाडौँ, फागुन २८ ।    गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशन दिनुभएको छ । अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाइ थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो । प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिकको आशाको केन्द्र भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद् गर्न नहुनेमा उहाँको जोड थियो । अस्पतालमा प्रयोगशालाको गुणस्तरीयता बढाउने, बेड सङ्ख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन गर्नेलगायत कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गर्नुभयो । नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआइपी डिलक्स, ओपिडी, इमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आइसियु, प्रस्तावित कोरोना भाइरस क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्डको निरीक्षण गर्नुभएको थियो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी कर्मचारीको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता सङ्गठनको उच्च प्राथमिकताको विषय भएको बताउनुभयो । प्रहरी महनिरीक्षक ज्ञवालीले रोगको पहिचान र मानवीय संवेदनासँग जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video