उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 13, 2020
लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ
काठमाडौँ फाल्गुन ३० । नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । 
नक्कली परिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले हिजो दिँउसो १ बजेको समयमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं। १० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं।३ वस्ने बर्ष १९ को सुभाष सिह धामी परेका हुन् ।न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागी आवश्यनक पर्ने कागजात चेकजाच गर्दा निजले जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं।१० बस्ने १९ को कुन्का थाप्के थापा ट्रायल दिन आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो । 
न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टासी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताउनुभयो । प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा निज जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाष सिह धामीले सम्पर्कमा ल्याएको परिक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी वयान दिएको छन् ।
प्रकाउ परेका ती व्यक्तिहरूलाई मुलुकी अपराध सहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्य्क कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठ्ठाईएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video