सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 14, 2020
काठमाण्डौं उपत्यकामा खटीएका ७४ घुमुवा एकैसाथ परिवर्तन,
काठमाण्डौं । चैत १ । काठमाण्डौं उपत्यकामा सादा पोशाकमा खटिएका ७४ प्रहरी एकैसाथ परिवर्तन भएका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी परिसर काठमाण्डौ, ललितपुर,भक्तपुर तथा मातहतका बृत्त र प्रभागहरुमा कार्यरत रहेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानहरूलाई परिवर्तन गरेको हो । 
लामो समय देखि घुमुवाको रुपमा कार्यरत रहेर उल्लेखनिय कार्य गर्न नसकेका,प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले उनिहरुलाई परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 
इन्टेलिजेन्ट रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । 
आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने छ ।  अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतस्प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उहाँले बताउनुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video