राजनीति
Mar 15, 2020
पार्टीको निर्देशन बिपरीत नेकपा नुवाकोटका नेताहरुको जमघटमा भएको बनभोज बिबादमा
काठमाण्डौं । चैत २ । नेपालमा अहिले कोरोना भाइरसका बिरुद्ध विशेष सर्तकर्ता अपनाइएको छ । विश्वबजारमा सन्त्रासको रुपमा फैलीएको कोरोना भाइरसबाट अहिले सम्म नेपाली जनता सुरक्षीत रहेका छन् । देशमा कोरोना भाइरस भित्रिन नदिन सरकारले अभियाननै चलाएको छ । देशभित्र मानिसको जमघट हुने सभासमारोह लगायतका कार्यक्रमहरु नगर्न सरकारले सवैमा अनुरोध गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतका बिभिन्न राजनैतिकदलहरुले मानिसको जमघट हुने कार्यक्रमहरु आयोजना गर्न÷नगराउन पार्टीमा सर्कुलरनै जारी गरीसकेको छ ।तर, नेपाल सरकार र पार्टीको निर्देशन बिपरीत सतारुढ नेकपा नुवाकोटका नेताहरुको उपस्थीतिमा काठमाण्डौंको भुतखेलमा शनिबार आयोजना गरिएको बनभोज कार्यक्रम बिबादमा परेको छ । आफनै पार्टीको निर्देशन बिपरीत कार्यक्रम आयोजना गरिएको भन्दै नेकपा नुवाकोट भित्र बिबाद उत्पन्न भएको छ । 
बनभोजमा बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद वद्री मैनाली, नेकपा नुवाकोटका नेता बुद्धि प्रधान, विष्णु लोहनी, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकका अध्यक्ष रमेश वस्ती लगायतका नेताहरू सहभागी रहेका थिए ।
पार्टीको निर्देशन बिपरीत कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा सहभागी भएको भन्दै सहभागी नेताहरुको चर्को आलोचना समेत भइरहेको छ । 
कार्यक्रमको बारेमा बिबाद भएपछि नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडाले फेसबुकमा स्पष्टीकरण दिएर लेखेका छन “कठमान्डौको भुतखेलमा भएको पिकनिक पार्टिको आयोजनामा भएको होइन तर पार्टिका केही नेता , कार्यकर्ता निजिरुपमा मसहित उपस्थित हुन पुगेको मात्र हो”

हिरानाथको फेसबुकमा स्पष्टीकरण लगतै प्रतिकृया जनाँउदै उद्धब पनेरु  लेख्छन “पार्टि नीति विपरित भेला वैठक गर्न हुन्न थियो यो त अझै ठुलो सामुहिक कार्यक्रम, सरकार र पार्टिलाई चुनौति दिदै नाचगान गर्दा पदिय दायित्व वुझ्नु पर्थ्यो कि? पछुवा र सामान्य कार्यकर्ता को आखाले त्यस्तै देखेको हो कमरेड, अरु अगुवा र के के हो त मुल्यांकन हुने दिन आउला”
पार्टीको निर्देशन बिपरीत आयोजना गरिएको बनभोजबारेमा प्रतिकृया दिंदै जमुना गजुरेलले लेख्छीन “भोजको कार्यक्रम पाटीले गरेनि, कार्यकर्ताले गरेपनि कुरो एउटै हो कमरेड। तर सय जनाको उपस्थितिमा नाचगान गरिरहदा हजार जनाले मन दुखाएका छन्। एउटा मागले जाडो सकिँदैन कमरेड।” 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video