सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 15, 2020
नेपाली सेनाले घोडेजात्रा विशेष समारोहमा विशिष्ट व्यक्तिहरुलाई सहभागी नगराउने
काठमाण्डौं । चैत २ । नेपाली सेनाले घोडेजात्राको अवसरमा टुंडीखेलमा गरिने घोडेजात्रा विशेष समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराई आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय गरेको छ ।
हाल विश्वका विभिन्न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरस (कोभिड१९) को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्येनजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको नेपाली सेनाले जनाएको छ ।
यहि चैत्र ११ गते हुने घोडेजात्रा विशेष समारोहमा नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरस (कोभिड१९) को उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको जनाएको छ ।  
सेनाले घोडेजात्रा समारोहको विभिन्न् टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गर्न मिलाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
बिज्ञप्तीमा भनिएको छ “नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’आयोजना गर्दै आईरहेको व्यहोरा विदितै छ । हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड१९) का कारण मिति २०७६चैत्र ११ गते पर्ने यस वर्षको घोडेजात्रा समारोह नेपाली सेनाले परम्परालाई कायम राख्नेि उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय गरेको छ” 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video