सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास
शिक्षा /स्वास्थ्य
Mar 15, 2020
सार्क राष्ट्रमा कोरोना भाइरस बिरुद्ध लडन भारतद्धारा १ करोड डलरको आपतकालीन कोषको घोषणा
काठमाण्डौं । चैत्र २ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच एक जुट भएर लडनको लागि १ करोड अमेरीकी डलरको आपतकालीन कोष खडा गरेका छन् । 
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन राष्ट्राध्याक्ष÷सरकार प्रमुखबीचको साँझ गरिएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोषको घोषणा गरेका हुन् । मोदीले आपतकालीन कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरे । उनले कोभिडविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिए ।
प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिए । कन्फरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिएका थिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video