धर्म/संस्कृति
Mar 17, 2020
मिति २०७६ चैत्र ४ गते आज मंगलबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत ४ ।मगलवार तदनुसार २०२० मार्च १७ तारिख चैत्र कृष्ण पक्ष अष्ठमी विहान ८ । १७ उप्रान्त नवमी तिथि मूल नक्षत्र दिउसो ४ । ३२ उप्रान्त पूर्वषाढा नक्षत्र व्यतिपात योग दिउसो ४ । 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक कार्यको संलग्नताले सामाजिक प्रसम्साले मनोवल वढाउनेछ अरुबाट प्रसम्सा पनि हुने छ ठूलाव्यक्तिले विस्वास भरोसा गर्नाले गरेका काममा सजिलै सफलता मिल्नेछ परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ। अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सरिरमा आलस्यता दरिलो डेरा जमाउनेछ मनमा उदासिन्तको पर्दाले ढाक्नेछ आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
विहानै विदेशियका मित्रले सम्झना गर्नेछन अकस्मात प्रेमको प्रस्ताव आउनेछ वैबाहिक बन्धनमा बाधीने योग वियोछ अरुको विस्वास आफु प्रतिरहनेछ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइको आगमनले दिन रमाइलो रहनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रमगर्दा पनि काम असफलभै धन नास हुने र मनखिन्न हुनेछ शत्रुले पल पलमा परास्त गर्दै कामको विचमा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले साथ दिनेछैन सजक हुनु राम्रो पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। केही फजुल खर्च बढ्न सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बौध्दिक कार्यमा सफलता मिल्नेछ पढाइमा गरेका प्रयास फलदाइ रहनेछन सन्तानहरुको सफलताले खुसि हुने र समयमा निर्णय हुदा सफलता आफ्नो हातमा हुने छ अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा समयकाे सदुपयोग गर्न नसकिएला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रहरुको उचित सहयोग मिल्नेछ परिवारहरु सहयोगि हुनेछन शत्रुलाइ परास्त गर्न सफलभै मनोवल बढ्नेछ घर तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलोहोला प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पुन: नयाँ सम्झौता गर्नुपर्ला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउने हुँदा योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
जोस र जाँगर बढ्नेछ सानै प्रयासलेपनि ठूलो काममा सफलता मिल्नेछ राज्यले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ। प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ। कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलिको प्रभाव राम्रो भएकोले महत्वपूर्ण कामहरु वन्नेछन भेटघाटमा हुने अन्तरकृयाले मान प्रतिष्ठा वढ्नेछ आर्थिक क्षत्रमा सुधार आउने योगछ अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिले काम लिँदा चिताएको काम बन्नेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोवल निक्कै बढ्ने छ सभा सम्मेलन र प्रीतिभोजमा अन्तकृया गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। सहयोगीहरू जुट्नाले आँटेको काम बन्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विनाकारण हुने खर्चले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक धनलाभको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कुरा काट्ने हरु प्रसम्सा गर्न थाल्नेछन नोकारीमा उच्च सम्मानका साथै शुभ अवसर हरु प्राफ्त हुनेछन राज्यले परिश्रमको सहि मुल्याङ्कन गर्नेछ मनमा प्रसन्नता बढ्नेछ आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचनागर्नेछन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video