तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
समाज
Mar 17, 2020
कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ : नेता सिंह
काठमाडौँ,  चैत ४ ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उहाँले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उहाँकोे भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिनुभयो । पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज९कृष्ण० बानियाँले जनताको पक्षमा काँग्रेसले काम गर्नसके मात्र आगामी निर्वाचनमा पार्टीले विजय हासिल गर्नसक्ने बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video