उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
समाज
Mar 18, 2020
बेलायतमा स्वयंसेवी अभियान
कृष्णप्रसाद शर्मा
लण्डन,  चैत ५
।  बेलायतमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको बाक्लो बसोबास रहेको अल्डरशट, फार्नबरो क्षेत्रमा खासगरी वृद्धवृद्धालाई मद्दत गर्न स्वयंसेवा शुरु गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न बेलायती सरकारले जनतालाई भीडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसँंग सम्बद्ध पदाधिकारीले त्यस्तो पहल शुरु गरेका हुन् । कोरोनाबाट आफू बच्न र अरुलाई बचाउन खासगरी वृद्धवृद्धालाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयंसेवी अभियान शुरु गरिएको समाजसेवी विक्रम भट्टराईले बताउनुभयो । उक्त समूहले यदि कोही क्वारन्टाइनमा भए र घरमा सामान सकिएको छ भने किनमेल गरेर ढोकामा राखिदिने, तिनलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिइरहने र आवश्यक साधारण औषधि किनेर ढोकामा राखिदिनेलगायत सहयोग गर्ने गरेको छ । समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीको सङ्ख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्लीलगायत क्षेत्रमा पनि सेवा विस्तार गरिने जनाइएको छ । स्वयंसेवी भीम बानियाँले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको बताउनुभयो । “ १११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ ”, उहाँको तर्क छ । समूहमा महिला स्वयंसेवीको पनि सक्रिय सहभागिता छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video