शिक्षा /स्वास्थ्य
Mar 18, 2020
परिक्षा सुरुहुने १४ घण्टा बाँकी रहंदा एसईईको परिक्षा स्थगीत, टाढाबाट परिक्षा केन्द्र पुगेका विद्यार्थीहरु समस्यामा
काठमाण्डौं । चैत्र ५ । कोरोना भाईरसको संक्रमण रोक्नको निम्ती सरकारले एसईईको परिक्षाको अन्तीम अवस्थामा आएर स्थगीत गरेको छ । एसईई परीक्षा भोली चैत ६ गतेदेखि विहान ८ बजे देखि देशैभर सुरु हुंदै थियो । अकस्मात रोकिएको एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
परिक्षा सर्ने र नसर्ने भन्ने टुंगो नलाग्दा गाँउ गाँउबाट विद्यार्थीहरु परिक्षाको लागि केन्द्र सम्म पुगीसकेका थिए । परिक्षा रोक्ने निर्णय सार्वजनीक साँझ ६ बजेको हाराहारीमा भएको थियो । त्यसको आधारमा हेर्ने हो भने परिक्षा सुरुहुन झण्डै १४ घण्टा अगाडी मात्र बाँकी थियो । एसईई आफनो विद्यालयमा नहुने भएकाले गाँउ गाँउबाट घण्टौ हिडेर परिक्षार्थीहरु परिक्षा केन्द्र सम्म पुगी सकेका छन् । अन्तीम समयमा आएर परिक्षा रोक्ने सरकारी निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानीक त्रास भएको बताइएको छ । 
बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video