लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो
शिक्षा /स्वास्थ्य
Mar 18, 2020
सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना
काठमाण्डौं । चैत्र ५ । सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ । 

यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने भएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सावधानीस्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो । 
 
यस्तै इमरजेन्सी कक्षमा जाने बिरामीका लागि स्यानीटाइजर लगाउनुपर्नेछ । आपत्कालीन सेवा भएकाले त्यहाँ साबुन पानीले हातधुन असम्भव रहेकाले स्यानिटाइजरको व्यवस्था गरिएको हो । सचेत र सावधानी अपनाएमा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने भएकाले अस्पताले यस्तो नियम बनाएको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video