शिक्षा /स्वास्थ्य
Mar 19, 2020
प्रदेश अस्पतालमा आइसोलेसन वार्ड सञ्चालन
विराटनगर, ५ चैत ६ कोभिड १९– का शङ्कास्पद बिरामीको उपचारका लागि प्रदेश अस्पताल कोशीले हिजो  देखि छ श्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालका प्रमुख डा सङ्गीता मिश्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक सय मिटरको फरकमा तीन कोठामा दुई–दुई बेड रहने गरी छ श्ययाको वार्ड शुरु गरिएको बताउनुभयो । उहाँले आवश्यकता अनुसार थप चार श्ययाको व्यवस्था गर्न सकिनेछ भन्नुभयो । डा. मिश्रले अस्पतालले कोभिड–१९ प्रति सर्तकता अपनाउँदै विगत १० दिनका अवधिमा अस्पतालमा आउने प्रत्येक मानिसको ज्वरो नाप्न फिवर गनले परीक्षण, १० स्थानमा हातधुनका लागि साबुन पानीको व्यवस्था, छुट्टै फिवर केन्द्र सञ्चालन, स्वाबको लागि ल्याब टेष्ट र शङ्कास्पद बिरामीलाई क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा पु¥याउन दुई वटा एम्बुलेन्सको तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । अस्पतालले आजदेखि प्रवेशद्वारमा फिवर गनद्वारा तापक्रम परीक्षण(ज्वरो) गरी ज्वरो बढी भएका बिरामीका लागि छुट्टै फिभर क्लिनिकमा भर्ना गरिने मेडिकल डा मिश्रले जानकारी दिनुभयो । अस्पतालले तीन दिन अघिदेखि फिभर क्लिनिक शुरु गरेको हो । शङ्कास्पद बिरामीको नमूना सङ्कलन गरी उक्त नमूना काठमाडाँै पठाउने र त्यसको रिपोर्ट आउन ४८ देखि ७२ घण्टा लाग्ने भएकाले त्यो अवधिसम्म अस्पतालमा नै राखिने प्रबन्ध गरिएको अस्पतालका मेडिकल विभागका डा दीपक सिग्देलले बताउनुभयो । उहाँले बिरामी ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न सक्नेछन तर अस्पतालले विशेष सुरक्षा अपनाउने जानकारी दिनुभयो । नेपालमा रहेका सरकारी अस्पतालमध्ये यो रोगप्रति लडन् कोशीमा उच्चतम सुविधा रहेको डा सिग्देलको भनाइ थियो । दक्ष स्वास्थ्यकर्मीको सुरक्षाप्रति ध्यान दिँदै स्वाब परीक्षणका लागि विशेष स्वास्थ्य उपकरण प्रयोग गरिने डा मिश्रले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video