सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 19, 2020
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम सम्पन्न
काठमाडौँ, चैत ६ ।  रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको उच्च्स्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ । गत फागुन १९ गतेदेखि सञ्चालित उक्त तालीममा राष्ट्रिय सुरक्षाका सबै आयाममा प्रशिक्षण दिइएको थियो । तालीममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी तथा नेपाली सेनाका र सुरक्षा निकायका गरी २२ जना सहभागी हुनुहुन्थ्यो । तालीम समापन गर्दै स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले प्राप्त ज्ञान र सीपबाट राष्ट्रिय सुरक्षा नीति निर्माण तथा कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video