प्रमुख समाचार
Mar 20, 2020
सीमामा उच्च सतर्कता
सप्तरी, चैत ७ भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको तापक्रम मापन गरी रेकर्ड राख्न थालिएको छ । सोका लागि गाउँपालिकाअन्तर्गतको सबै निकायमा आज स्यानेटाइजर र प्रचार सामग्री पठाइएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । सबै वडामा बिहीबारबाट माइकिङमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको छ । जनस्वास्थ्य आपतकालीन व्यवस्थापन उपसमितिको बैठकले तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई सङ्क्रमण निवारण गरी दुई श्ययाको निगरानीकक्ष तयारी गर्ने निर्णय गरेको छ । वडा नं १ बेल्ही भन्सारमा रहेको स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । माघ २५ गतेदेखि सञ्चालन गरिएको सहायता कक्षमा आजसम्म करिब दुई हजार ५०० जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक मण्डलले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video