सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास
प्रमुख समाचार
Mar 20, 2020
प्रधानमन्त्रीको सम्बोधन : अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौँ,  चैत ७ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ । यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाउनुभयो । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि आह्वान गर्नुभयो । बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उहाँले यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाइने पनि उल्लेख गर्नुभयो । सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को विशेष विपद् कोषका लागि नेपालका तर्फबाट रु १० करोड उपलब्ध गराउने पनि घोषणा गर्नुभयो । गत चैत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयमा मिर्गौला प्रत्यारोपण गरी फागुन ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गर्दा आफूलाई आत्मबल भएको भनी उल्लेख गरिएको थाहा पाएकाले त्यस्तै आत्मबल बनाउन पनि आग्रह गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video