प्रमुख समाचार
Mar 23, 2020
भलाइ कोषमा अत्यावश्यकबाहेकका सेवा बन्द
रुपन्देही,  चैत १० यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कोषको कार्यसमितिको बैठकले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै कोषले प्रदान गर्दै आएका सेवाहरु घरमै बसेर प्रदान गर्न सकिने र दुर्घटनालगायत बीमासँग सम्बन्धित कामहरु नरोकिने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको कोषका लेखाप्रमुख ऋषि अर्यालले जानकारी दिनुभयो । यही चैत ६ गतेदेखि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको कोषले अत्यावश्यकबाहेकका सेवा बन्द गरे पनि भलाइ कोष काट्ने काम भने नरोकिने अध्यक्ष दिनेश फुल्लेलले बताउनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा रोक लगाउने र अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हँुदा सरकारी निर्णयको स्वागत गर्दै कोषले पनि आफ्नोतर्फबाट ऐक्यबद्धता जनाएको अध्यक्ष फुल्लेलले बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video