प्रमुख समाचार
Mar 23, 2020
स्वास्थ्य मन्त्रालयको आकस्मीक पत्रकार सम्मेलन, नेपालमा एक युवतीमा भेटीयो कोरोनाको संक्रमण
काठमाण्डौं । चैत्र १० । विश्व भर कोरोनाको सन्त्रास फैलिरहेको अवस्थामा नेपालमा पनि एक जनामा कोरोनाको संक्रमण भेटीएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज आकस्मीक पत्रकार सम्मेलन गरी एक जनामा कोरोनामो संक्रमण भेटीएको जानकारी दिए । 
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका एक व्यक्तिमा कोरानाको संक्रमण भेटिएको हो । होम क्वारेन्टाइनमा बसेका ति संक्रमीतको स्वास्थ्परिक्षण गर्ने क्रममा रोगको संक्रमण भेटीएको हो । १९ वर्षका उनको परिचय लुकाईएको छ । हाल उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । 
स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video