प्रमुख समाचार
Mar 24, 2020
आज चैत्र ११ गते बिहान देखि देशैभर ७ दिन लक डाउन
ठमाण्डौं । चैत्र ११ । सरकारले आज चैत्र ११ गते देखि एक साताको लागि देशभर लक डाउन गरेको छ । सफ्ट कर्फयु जस्तै लकडाउन भोली बिहान ६ बजे देखि १८ गते सम्म गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएपछि सरकारले उक्त निर्णय गरिएको हो । 
लक डाउनको समयमा इमरजेन्सी बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरिने छ । लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्। यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन् । लकडाउनका क्रममा अनुमति लिएका मानिस र  सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएको छ ।
भोलिबाटै सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रहरी परिचालन गरेर टोलटोलमा माइकिङ गर्ने तयारी पनि सरकारले गरेको छ । ‘सेमी लकडाउन’को अवस्थामा पनि मानिसहरु सडकमा निस्केर भिड गर्ने क्रम रोकिएन’, समितिका एक सदस्यले भने, ‘त्यसैले सुरक्षाकर्मी नै परिचालन गरेर कडाइका साथ मानिसलाई सडकमा निस्कन नदिने गरी कदम चालिँदैछ।’
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video