प्रमुख समाचार
Mar 25, 2020
फोहर व्यवस्थापनमा सहयोग गरिदिन कामपाको आग्रह
काठमाडौँ, चैत १२  काठमाडौँ महानगरपालिकाले दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्नका लागि सहयोग गर्न महानगरवासीसँग आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घरमै व्यवस्थापन गर्न सकिने फोहोर घरघरमै राख्न र अन्य फोहर गाडी लिन नआएसम्म बाहिर ननिकाली सहयोग गर्न महानगरवासीसँग अनुरोध गर्नुभएको छ । प्रमुख शाक्यले ‘लकडाउन’का समयमा महानगर क्षेत्रभित्र फोहर थुप्रिने र सडक फोहर हुने अवस्था आयो भने कोरोना भाइरसको सङ्क्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्यूनीकरण गर्न सरसफाइको कामलाई बढाइएको बताउनुभयो । कामपाले लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको छ । यसअन्तर्गत दक्ष जनशक्तिसहित १०२ एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ भने ११८० हटलाइनमार्फत नागरिकका प्रश्नको उत्तर दिएर समस्या समाधानमा सहयोग गरिरहेको छ । यससँगै कार्यालय तथा कार्यकक्षलाई डिस्इन्फेक्सन गर्ने, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्किने, पानीले पखाल्नेलगायत काम भइरहेको छ । कामपाका ३२ वटै वडा कार्यालयबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरपालिकाले आजदेखि सडकमा पानी ट््याङ्की र ब्रुमरको प्रयोग बढाएर सरसफाइ गर्ने कामलाई तीव्रता दिएको प्रमुख शाक्यको भनाइ छ । “लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूका फोन नम्बरहरू सार्वजनिक गरिसकेका छौं । कसैलाई केही समस्या परे ती फोनमा सम्पर्क गर्नोस्”, प्रमुख शाक्यले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।” महानगरले २४ सै घण्टा परामर्श दिन टोल फ्रि नम्बर ११८० सहित सीधा सम्पर्क हुन सक्ने नम्बर ९८४९८६०५४७, ९८४९८५६६७१ र ९८४९८५६६७२ पनि सञ्चालनमा ल्याएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video