त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए  |  अख्तियारमा अधिकांश उजुरी स्थानीय तहका, यस्ता सम्म परेका छन उजुरी  |  लागुऔषध मुद्दाका आठ वर्ष पछि पक्राउ  |  मिति २०७७ साल साउन ३० गते शुक्रबार, अगष्ट १४ तारीख हेरौं राशिफल  |  धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?
प्रमुख समाचार
Mar 26, 2020
श्रमिकलाई राहत दिन माग
काठमाडौँ, चैत १३ सरकारले देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमालगायतले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको हो । “रोगबाट बच्न खोज्दा भोक स्वीकार्नुपर्ने वाध्यता नहोस”, विज्ञप्तिमा भनिएको छ, “सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ, त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कूलमा शुल्क मिनाहा, निःशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारमार्फत कार्यान्वयन गर्न सकिन्छ ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले रासससँग कुरा गर्दै सरकारले विपद्बाट बच्न लकडाउन गर्नु सकारात्मक काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर, दैनिक काम गरेर जीवन धान्नेका लागि सरकारले व्यवस्था गर्नुपर्छ ।” –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video