प्रमुख समाचार
Mar 26, 2020
वीरगञ्ज नाकाबाट निर्वाध ग्यास र पेट्रोल भित्रिदैँ
काठमाडौँ, चैत १३ कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएका छन् । भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलो लिटर पेट्रोल र २७ लाख ५२ हजार किलो लिटर डिजेल नेपाल भित्रिएको छ । सोहि अवधिमा तरकारी खाद्यान्न लगायतका सामानहरु सहज रुपमा भित्रिएको छ भने आजपनि त्यस्ता अत्यावश्यक सामग्री स्वदेश भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताउनुभयो । यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाबारा अनुसार लकडाउनको समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलेका छैनन् । लकडाउनको समयमा अति आवश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल, तरकारी बोकेको तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्वाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video