केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Mar 26, 2020
नक्कली बिरामी बोक्ने एम्बुलेन्स नियन्त्रणमा
काठमाण्डौं । चैत्र १३ । नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको नाममा दर्ता छ । एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 
प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार  बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो । एम्बुलेन्स र चालकलाई  इप्रका झिलझिलेमा राखिएको छ । प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए । एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए । यात्रुलाई प्रहरीले छाडिदिएको छ । भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो ।
बिर्तामोडका पसलमा पाँच फिटको सामाजिक दूरी
कोभिड–१९ को सङ्क्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी ९सोसियल डिस्टेन्स० कायम गरिएको छ ।  
बिर्तामोडका २०  पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा बसेर मात्र सर्वसाधारणले सामान खरीद गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।
चेम्बर अफ कमर्श बिर्तामोडको अग्रसरतामा प्रहरीले व्यवसायीसँग समन्वय गरी दैनिक उपभोग्य वस्तु र औषधि पसलमा आउने ग्राहकको भीड कम गर्न पाँच फिटको दूरीमा सेतो घेरा लगाएको छ ।  प्रहरी उपरीक्षक कोइरालाले बिर्तामोडबाट शुरु गरिएको सामाजिक दूरी अभियानलाई झापाका १५ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो । 
सामाजिक दूरी कायम हुने गरी बनाइएको घेरामा पालैपालो उभिएर सामान खरीद गर्दा पसलमा आउने ग्राहक र बिक्रेता दुवै पक्ष कोभिड—१९ को सङ्क्रमणको जोखिमबाट जोगिने विश्वास गरिएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video